ओलीले ‘केपी बा’ नामको युट्युब च्यानल सुरु गर्नुको कारण यस्तो

१२ फाल्गुन २०७९, शुक्रबार १२:३३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब च्यानल सुरू गरेका छन्। ओलीको जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट ‘केपी बा’ नामको युट्युब च्यानल सुरू भएको हो।

बिहीबार उक्त युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकको भिडिओ अपलोड गरिएको छ। युट्युब च्यानल सुरू गरेको बारे ओलीले सामाजिक सञ्जालमा च्यानललाई सेयर गर्दै लेखेका छन्, ‘मेरो जन्मदिनको सन्दर्भ पारेर नयाँ युट्युब च्यानल ‘बा’ सुरू भएको छ। यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ ।’

https://youtu.be/117jRU-Sg_4