एकै दिनमा वाणिज्य बैंकहरुमा ५ अर्ब

११ फाल्गुन २०७९, बिहीबार १८:०५

वाणिज्य बैंकहरुमा निक्षेप थपिएको छ। पछिल्लो एक दिनमा वाणिज्य बैंकहरुमा ५ अर्ब निक्षेप थपिएको हो। वाणिज्य बैंकहरुमा ९ गतेसम्म ४७ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा फागुन १० गते आइपुग्दा ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

वाणिज्य बैंकहरुमा ५ अर्ब रुपैयाँ थपिएसँगै ४७ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप थपिए पनि व्यवसाय भने घटेको छ। वाणिज्य बैंकको व्यवसाय १ अर्बले घटेको हो।

फागुन ९ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा १ अर्बले घटेर ४२ खर्ब ७८ अर्ब रुपैयाँमा सीमित भएको छ। त्यसैगरी कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० समेत सुधार आएको छ। वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६।१७ प्रतिशत छ। वाणिज्य बैंकको निक्षेप बढेर कर्जा प्रवाह घट्दा सीडी रेसियोमा सुधार आएको छ।

यता अन्तर बैंक सापटीको व्याजदर समेत घटेको छ। अघिल्लो दिन साढे ८ प्रतिशत पुगेको सापटी दर फागुन १० गतेसम्म आइपुग्दा ७ प्रतिशतमा आइपुगेको छ।