रसुवाको साझा भवन उपभोगविहीन

११ फाल्गुन २०७९, बिहीबार १४:२६

रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावतीमा रहेको साझा भवन उपभोगविहीन भएपछि अलपत्र परेको छ । किसानलाई मल वीउजस्ता सामग्री ल्याएर बिक्री गर्ने भवन अहिले सहकारी अन्तर्गतको बेत्रावतीस्थित सो साझा खारेजीमा परेपछि लाखौँको भवन अलपत्रमा छ । भवनलाई अन्य कुनै कार्यमा सदुपयोग गर्न स्थानीय बासिन्दाले सुझाव दिएका भएपनि यसबारे कसैले चासो नदिदा भवन उपभोगविहीन भएको हो।