नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न बालुवाटार पुगेका छन्।
एमालेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेर फर्केपछि कांग्रेस सभापति देउवा त्यहाँ पुगेको बताइएको छ।
अहिले बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवबीच कुराकानी भइरहेको छ । यसअघि हिजो राति पनि उनीहरुबीच सोही स्थानमा कुराकानी भएको थियो । हिजो साँझ प्रधानमन्त्री दाहालसँग कुराकानी गर्न काँग्रेस सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार बालुवाटार पुगेका हुन् ।
राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले अध्यक्षले राष्ट्रिय सहमतिको उम्मेदवार प्रस्ताव गरेपछि विशेषगरी काँग्रेस र माओवादीभित्र राजनीतिक तरंग बढेको हो ।
