आज बिदेशी मुद्राको विनिमय दर यस्तो

११ फाल्गुन २०७९, बिहीबार ०६:३५

एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २७ पैसा र विक्रिदर १३२ रुपैयाँ ८७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोका खरिददर १४० रुपैयाँ ६३ पैसा र विक्रिदर १४१ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २३ पैसा र विक्रिदर ९० रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।