नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रालयबाट प्राप्त पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।
टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी फैसला कार्यान्वयनका लागि जेल परेकोमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएर रिहा भइसकेका छन् ।
