बुधवार दिउँसो बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि पनि गत माघ २० गते बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यालाई केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरस्केलको भूकम्प गएको थियो। उक्त भुकम्पमा परि गौमुल गाउँपालिका वडा नम्बर २ की जमुना रोकायाको मृत्यु भएको थियो ।
भूकम्बाट दर्जनौं घरमा क्षति पुगेको थियो। केही घर भत्किएका थिए भने स्कुलहरुमा समेत क्षति पुगेको थियो ।
