प्रचण्डको चाहना : एमाले आफैं बाटो लागोस्

१० फाल्गुन २०७९, बुधबार १३:०७

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो सम्वाद गरेपछि बालकोटबाट बाहिरिदै शुक्रबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबारे चाँडै टुंगोमा पुग्ने बताए ।

ओली निवास बालकोटमा झण्डै दुई घण्टा बिताएका प्रचण्डले गठबन्धन टुट्ने कुरै नभएको समेत बताए । तर प्रचण्डको अभिव्यक्ति अनुसार, सत्तारुढ दलहरुबीच सहमति जुटाउन शनिबार ठोस गतिविधि भएन । अध्यक्ष ओली र एमाले नेताहरू भने राष्ट्रपतिबारे थप सहमतिको आवश्यकता नपर्ने अडानमा छन् ।