फाल्गुन २० देखि २४ गतेसम्म लगातार सार्बजनिक बिदा परेको छ। फाल्गुन २० गते सनिबार बिदा परेको छ भने २२ गते पहाडी होलि पुर्णिमा अर्थात् फागु पुर्णिमा पर्वको अवसरमा साथै फाल्गुन २३ गते तराईमा होलीको अवसरमा सार्बजनिक बिदा रहेको छ।
त्यस्तै फाल्गुन २४ गते नारी दिवसको परेको हुदाँ यो समयमा लगातार चार दिन सार्बजनिक बिदा परेको हो ।
नारी दिवसको अवसरमा महिला हक अधिकार तथा महिला शसक्तिकरणको बिषयमा भिभिन्न कार्यक्रम गरि देशैभरि मनाइन्छ।
त्यस्तै होलि पुर्णिमा अर्थात् फागु पुर्णिमा पर्व, जसलाई संसारमा “रङ्गहरूको पर्व” वा “प्रेमको पर्व” भनेर पनि चिनिन्छ, नेपालको सबैभन्दा शुभ हिन्दू चाडहरू मध्ये एक हो। यसले खराबीमाथि राम्रोको विजय प्रकट गर्दछ तेसैले होलीलाई नेपालमा विशेष चाडको रुपमा मनाईन्छ , यसले राधा कृष्णको प्रेमलाई पनि दर्साउने भएकोले यसलाई प्रेमको पर्व पनि भनिएको हो ।
मुख्य रूपमा भारतीय उपमहाद्वीपमा मनाइन्छ। यो हिन्दू क्यालेन्डर महिना फाल्गुन (मार्च) मा पूर्णिमाको दिनमा मनाइन्छ। तसर्थ, नेपालमा होली पर्वलाई जाडोको अन्त्य र वसन्तको आगमनको रूपमा मनाइन्छ।
रङहरूको शुभ अवसर राष्ट्रका अधिकांश जातजातिहरूले व्यापक रूपमा मनाउँछन्। यस पर्वमा स्थानीयवासीले एकअर्कामा सुख्खा धुलो र रंगीन पानी हानेर आशीर्वाद तथा शुभकामना व्यक्त गर्छन् । प्रेम, रंग र मनोरञ्जन मनाउन पछिल्ला केही वर्षहरूमा होली उत्तर अमेरिका र युरोपका विभिन्न भागहरूमा फैलिएको छ।
