सन्दीपले ४ र करणले लिए ३ विकेट

९ फाल्गुन २०७९, मंगलवार १३:२६

आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा च्याम्पियन स्कटल्यान्ड २ सय १२ रनमा अलआउट भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्याण्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भयो।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए। करण केसीले ३ विकेट झारे। कुशल मल्ल र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो।

सन्दीपले आफ्नो स्पेलमा ४५ रन खर्चे। करण केसीले ८.१ ओभरमा ४२ रन रन दिए। स्कटल्यान्डको ओपनर केर्ली कोट्जर २२ रनमा सन्दीपको बलमा एलबीडब्लु धरापमा परे। पहिलो विकेटका लागि ओपनर कोट्जर र जर्ज मुन्सेले ४२ रनको साझेदारी गरेका थिए। सन्दीपले सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए।