के दुर्गा प्रसाई राजा फर्काउनमा सफल बन्लान् त ?

८ फाल्गुन २०७९, सोमबार १८:३९

व्यवसायी दुर्गा प्रसाईंले एमाले त्यागेको घोषणा गरेपछि अब उनको आगामी यात्रा चासोको बिषय बनेको छ।

यही फागुन १ गते जनयुद्ध दिवसको दिन प्रसाईंले पूर्वराजपरिवार सहभागी गराएर एउटा कार्यक्रमको आयोजना गरेपछि उनी आलोचित बनेका थिए।

व्यवसायी दुर्गा प्रसाईंको उक्त कार्यक्रम आलोचितमात्र भएन, उनी आवद्ध दल नेकपा एमाले प्रदेश नम्बर एकले कारबाहीको लागि पार्टीलाई सिफारिस गरेको थियो।

पार्टी कारवाही प्रक्रियामा जानुअघि नै उनले आइतबार एमाले त्यागेको घोषणा गरेका हुन्। प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र र पारस समेत राजपरिवारका सदस्यलाई एउटै मञ्चमा राखेर आफ्नो महत्वकांक्षी अभियान सुरू गरेका हुन्। झापास्थित मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक साता अघि दीप बालेर अभियानको सुरुवात गरेका थिए।

उद्घाटन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र,उनका छोरा पारस शाह र छोरी प्रेरणा शाह पनि प्रसाईंसँगै देखिएका थिए। आफूले राजनीतिक दलका नेतालाई पनि निम्ता दिएको तर कोही पनि नआएको प्रसाईंको भनाइ छ। प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायिक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ अभियान’ सुरू गरेका हुन्।

प्रसाईंले उठाएका बिषय पार्टीको सिद्धान्तविपरित भएको भन्दै प्रदेश एक एमाले रुष्ट हुँदै गर्दा प्रदेश नम्बर एकका राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का नेता कार्यकर्ता भने खुसी भएका थिए। कार्यक्रमस्थलमा प्रदेश एक र मधेश प्रदेशका गरी राप्रपाका सयौँ नेता कार्यकर्ता सहभागी भएका पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बताए। प्रसाईंले पूर्वराजालाई उभ्याएर राप्रपासँग मिल्दाजुल्दा एजेन्डा उठाएपछि राप्रका नेताकार्यकर्ता हौसिएका हुन्। एमाले त्यागेको घोषणा गरेका प्रसाईंले भने अब आफू कुनै पनि पार्टीमा प्रवेश नगर्ने बताएका छन्।

सबै पार्टीको आन्तरिक चरित्र बुझिसकेकाले अब कुनै पनि पार्टीमा प्रवेश नगर्ने उनको भनाइ छ। पार्टीले एक शब्द पनि स्पष्टीकरण नसोधेको उनको भनाइ छ। एमालेले कारबाही प्रक्रिया अघि बढाउने तयारी गर्दा प्रसाईंले पार्टी छाडेको एमालेको भनाइ छ। एमालेले २०७८ मंसिर २६ मा प्रसाईंलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।

व्यवसायीसमेत रहेका प्रसाई दुई वर्षदेखि ओलीका विश्वासिला पात्र मानिन्थे। त्यसअघि उनी माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट थिए। प्रसाई एमालेमा प्रवेश गर्नुअघि माओवादीमा थिए। उनी जनयुद्धताकादेखि नै माओवादीमा थिए। उनी मेडिकल कलेज सञ्चालक हुन्। प्रसाईं तिनै पात्र हुन् जसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीलाई ‘मार्सी चामलको भात’ खुवाएपछि चर्चामा आएका थिए। जनयुद्धताका माओवादीमा सक्रिय प्रसाईं हाल एमालेको सदस्य छन्। एमाले त्यागेपछि उनले कम्युनिष्टहरु राष्ट्रप्रति बफादार हुने रहेनछन् भन्ने आरोप लगाएका छन्। प्रसाईंको कदममा राप्रपाका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।

केही नेताहरुले आफ्नो पार्टीको विचार र सिद्धान्त मिल्ने जुनसुकै बिषयलाई पनि नीतिगत रुपमा समर्थन गर्ने भन्दै दुर्गा प्रसाईंको कदमको स्वागत गरेका छन् भने केहीले यसलाई पार्टीसँग जोडेर हेर्न नमिल्ने बताएका छन्। राप्रपा महामन्त्री धवलशमशेर राणाले दुर्गा प्रसाईंसँग केही एजेन्डा मिल्ने भएपनि पार्टीमा ल्याउने बिषयमा अहिले नै छलफल नभएको बताए। उनले भने, ‘दुर्गा प्रसाईंलाई पार्टीमा आउन आग्रह गर्नेबारे पनि पार्टीभित्र छलफल भएको छैन। शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बठक बस्दैछ, त्यहाँ छलफल हुन्छ कि१’

पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले सिद्धान्त मिल्नेलाई पार्टीबाट नीतिगत समर्थन हुने बताए। तर पार्टीका एक प्रवक्ता मोहन श्रेष्ठ भने प्रसाईंको पछिल्लो कदम अस्थीर अभिव्यक्तिको अर्को निरन्तरता मात्रै भएको बताउँछन्। केन्द्रीय सदस्य हिक्मतजंग कार्की भने विचार,आस्था र सिद्धान्त मिल्नेलाई राप्रपामा सधैँ स्वागत गर्नुपर्ने तर्क गर्छन्।

कार्की भन्छन्, ‘दुर्गा प्रसाईं मात्रै नभई मुलुकको कुनै पनि नागरिकले राप्रपाको मूल आत्मा र सिद्धान्तलाई अपरिहार्य ठान्छ भने उसलाई सहयोग रहन्छ।’ साईंले एमाले त्यागेको घोषणा गरेपछि अब उनको आगामी यात्रा चासोको बिषय बनेको छ। यही फागुन १ गते जनयुद्ध दिवसको दिन प्रसाईंले पूर्वराजपरिवार सहभागी गराएर एउटा कार्यक्रमको आयोजना गरेपछि उनी आलोचित बनेका थिए।