राष्ट्रपतिद्वारा ३८१ कैदीलाई आममाफी

८ फाल्गुन २०७९, सोमबार १४:०२

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३८१ जना कैदीको सजायमा आममाफी दिएकी छन् । प्रजातन्त्र दिवसको अवसरमा आम माफी पाउनेमा उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा जन्मकैदको सजाय पाएका माओवादी नेता पुष्कर गौतम पनि रहेका छन् ।

ओखलढुंगाको कटारीमा भएको उज्जन श्रेष्ठको हत्यामा पुष्कर गौतम पनि संलग्नता रहेको भन्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । राष्ट्रपतिले आम माफी दिएसँगै उनी रिहा भएका छन् । उज्जन श्रेष्ठ प्रकरणमा माओवादी नेता बालकृष्ण ढुंगेलसहित नौ जनाविरुद्ध अदालतले सजाय सुनाएको थियो ।

ढुंगेल र गौतमलाई भने सर्वश्वसहित जन्मकैदको सजाए सुनाएको थियो । अदालतको फैसलापछि फरार भएका गौतम २०७१ सालमा पक्राउ परेर जेल चलान भएका थिए ।