पूर्वराज परिवारलाई साथमा लिएर महाअभियानमा हिँडेका उनलाई एमालेले कारबाही गरेपछि दुर्गा प्रसाईंले एमाले परित्याग गरेका हुन् । मेडिकल व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले नेकपा एमाले पार्टी परित्याग गरेको बताएका छन् ।
प्रसाई महाअभियानमा हिँडेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाहीका लागि सिफारिस गरेको थियो । तर, पार्टीले कारबाहीको सिफारिस अघि नबढाउँदै आफू एमालेबाट अलग भएको प्रसाईको भनाई छ ।
प्रसाईंले आज आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । २०७८ मंसिर २६ मा प्रसाईं एमालेको केन्द्रीय सदस्य बनेका थिए । एमालेमा आउनुअघि प्रसाईं नेकपा माओवादी अध्यक्ष प्रचण्डनिकट थिए ।
पछि एमाले र माओवादी मिलेर नेकपा डबल हुँदा प्रसाई एमालेतिर लागेका थिए ।
