जाँड खाएर कुट्ने लोग्ने सँग जाँडै खाएर लड्नुपर्छ: गायिका समीक्षा

७ फाल्गुन २०७९, आईतवार १६:३८

गायिका समीक्षा अधिकारी चर्चाका शिखरमा रहेका बेला उनी एकाएक विबादमा पनि आइन्। पछिल्ला दिनमा सामाजिक संजालमा स्टाटस लेख्दै मेटाउँदै आएकी उनले आफ्ना स्टाटसमा बनेका समाचारहरु समेत मिडियालाई फोन गरेर आग्रह गर्दै हटाउँदै आइरहेकी छिन् ।

२ हप्ता अगाडी मात्रै समिक्षाले अत्ति भयो अब त बाँच्न नी गाह्रो भयो भन्दै लेखिएको समाचार ओएस नेपालमा छापिएपछि फोन नै गरेर ह टाउन आग्रह गरेपछि उक्त समाचार हटाइयो । तर अहिले फेरी समि क्षाले आँफुलाई दह्रो बनाउँदै अर्को स्टाटस लेखेकी छिन् । उनले ‘न कारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो’ भनेर लेखेको स्टाटसमा कमेन्टको ओइरो नै लागेको छ ।

फेसबुकमा स्टाटस लेख्दै गायिका समीक्षा अधिकारीले आफूलाई आउने नकारात्मक कमेन्टले कुनै असर नपार्ने बताएकी समिक्षले फेरी सोमबार अर्को स्टाटस लेख्दै भनेकी छिन् कसैलाई मेरो गीत सुन्नु छैन भने नसून, मलाई कसैको अपशब्द सुन्नु छैन । सोमबार फेसबुकमा स्टाटस लेख्दै समिक्षाले भनेकी छिन् म गायिका हुन जन्मेकी हुँ ।

स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गित नसुनोस्, कसैले म लाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ । कसैलाई मेरो गीत सुन्नु छैन भने नसून र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन ।

तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ रुहुन त हिउँदका कठ्याङ्ग्रिदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दीदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्ने सँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मनलागी उड्छन् ।