वीर अस्पतालमा अबको तीन महिनाभित्र ‘बर्न वार्ड’ सञ्चालन गरिने

७ फाल्गुन २०७९, आईतवार १३:५८

वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन ल्याउने अस्पतालको कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए । आगोले पोलेका बिरामीको उपचार गर्नका लागि वीर अस्तपालमा ‘बर्न वार्ड’ सञ्चालन गर्न लागिएको हो ।

वीर अस्पतालमा अबको तीन महिनाभित्र ‘बर्न वार्ड’ सञ्चालन गरिने डा. पौडेलको भनाइ छ । यसअघि सञ्चालनमा भैरहेको वार्ड भएपनि ७२ सालको भूकम्पले भवन भत्काएपछि सेवा बन्द भएको थियो ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार एसिड आक्रमणमा परेमा पीडितहरुले देशका कुनै पनि अस्पतालमा आकस्मिक सेवा निःशुल्क लिन सक्छन् । स्वास्थ्य मन्त्रालयले उपचारका लागि चार अस्पताललाई तोकेको छ ।

मन्त्रालयको अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्तपाल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा उपचार गर्न सकिने छ ।