पूर्वराजा ज्ञानेन्द्रसँग आझै पुरानै झल्को बाँकी रहेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न पनि गरेका छन्। १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले हिजो ७३ औं प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै नेपालको भविष्यप्रति आफूलाई चिन्ता लागेको बताएका थिए । उनले राजनीतिक दलहरुसँग राजसंस्थासँग सहकार्यका लागि प्रस्ताव गरेका थिए ।
यसको जवाफमा ओलीले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ । दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ । त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’
राष्ट्रपति निर्वाचनको प्रसंग झिक्दै उनले यसअघि भएकै सहमतिअनुसार हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय हुने दाबीलाइ निरन्तरता दिए।
