ह्यारी की प्यारीले किन दर्शकको मन जित्न सकेन ?

५ फाल्गुन २०७९, शुक्रबार १३:४१

नेपाली चलचित्र “ह्यारी की प्यारी” ले सोचे जस्तोे सफलता पाउन सकेको छैन ।

डा.कपिल रिजालको निर्माण तथा निर्देशनमा १ करोड ५० लाखको लागतमा बनेको सो चलचित्रमा हाँस्य कलाकार जीतु नेपाल र चर्चित अभिनेत्री साम्रज्ञी राज्य लक्ष्मी शाहको प्रमुख भूमिका रहेको छ ।

यस चलचित्रमा माया प्रेमको कथा र हाँस्यब्याङ्गे आधारित रहेको चलचित्र नेपाल भरी ८ दर्जन भन्दा बढी सिनेमा हलहरुमा प्रर्दशन भएको थियो । यो फिल्मी प्रर्दशन हुनु भन्दा अघि कलाकार तथा पत्रकारहरुले फिल्मी राम्रो बनेको प्रतिक्रिया दिएका थिएका थिए ।

अहिलेसम्म यस चलचित्रले नेपाली रु. १ करोड ४२ लाख कमाउन सफल भएको छ । यदपी यस चलचित्रले नेपाली ३ करोड कमाउन सकेको भए यो फिल्मीलाई सफल मानिन्थ्यो ।

यसअघि निर्माता तथा निर्देशक डा.कपिल रिजालले चलचित्र प्रोमोशनका क्रममा फिल्मी सफल भएपनि नभएपनि अन्य चलचित्र बनाउन नछोड्ने बताएका थिए ।