शिक्षामा व्यापारीकरणका कारण गरिबको प्राथमिकतामा परेन शिक्षा

५ फाल्गुन २०७९, शुक्रबार १२:३६

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शिक्षामा व्यापारीकरण बढीरहदा गरिबका छोराछोरीले पढ्न गाह्रो भएको बताएकी छन् ।

सरकारले उपुक्त नीति नबनआएको हुदा अहिले शिक्षा, स्वास्थ्यको क्षेत्रमा व्यापार गरिरहेको उनको भनाइ छ । आर्य घाटमा पुर्‍याएको लाशमासमेत व्यापरीकरण भएको र जलाउनका लागि चन्दा संकल्न गर्ने बेला आएको उनले बताइन । व्यापारीकरणको बढ्दो प्रभावले समाज कता जाँदैछ भन्ने चिन्ताको विषय बनेको उनले बताइन् ।

‘पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थ्यो । गरिबका छोराछोरी पनि डाक्टर बन्नसक्थ्यो । अब अहिले पैसा नभइ केही पनि हुँदैन । आर्यघाटमा जल्न त महंगो भइसक्यो,’ उनले भनिन् ।