क्यानडामा रहेको हिन्दू मन्दिरमा खालिस्तानीकाे भारतविरोधी नारा

३ फाल्गुन २०७९, बुधबार १७:११

क्यानडाको मिस्सिसाउगामा रहेको हिन्दू मन्दिरमा खालिस्तानी अतिवादीहरूले भारतविरोधी नारा पोतेका छन् ।

घटनाको निन्दा गर्दै त्यहाँको इन्डिया मिसनले क्यानडाली अधिकारीहरूलाई पीडकका विरुद्ध तत्काल कारवाही थाल्न भनेको छ । पछिल्लो घटना सोमवार भएको हो । रातिको समयमा मन्दिरको भित्तामा भारतविरोधी तथा खालिस्तानसमर्थक नारा पोतिएको थियो ।

गत जनवरी महिनामा पनि ब्राम्पटनमा रहेको मन्दिरमा भारतविरोधी नारा पोतिएको थियो । त्यसले भारतीय समुदायमा आक्रोश फैलाएको छ।