नक्कली चालक अनुमति पत्र बनाउने तीन जना पक्राउ

३ फाल्गुन २०७९, बुधबार १६:३०

नक्कली सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकामा केही व्यक्तिहरुले लिखत कीर्ते गरी नक्कली स्मार्ट लाइसेन्स बनाउने गरेको गोप्य सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो ।

सोही क्रममा खोजतलास गर्ने क्रममा कार्यालयबाट खटिएको टोलीले पोखरा घर भइ हाल ललितपुरको नखिपोट बस्ने कञ्चन गुरुङसहित तीन जनालाई पक्राउ गरेको हो । उनलाई माघ २९ गते रामशाहपथ, नुवाकोट घर भइ टोखा बस्ने अनिल राईलाई सामाखुशी र नुवाकोट नै घर भइ तारकेश्वर बस्ने राजन तामाङलाई बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।