मेन्छियाम हाइड्रोपावरको सेयरको निष्कासन

३ फाल्गुन २०७९, बुधबार १३:४५

मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १० फागुनदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन

(आईपीओ)को बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार तीन सय रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ५ लाख ४२ हजार ५ सय ८३ कित्ता सेयर आयोजना पीडित क्षेत्र सङ्खुवासभावासीका लागि निष्कासन गर्न लागेको हो । त्यसमा पनि अति पीडित सङ्खुवासभाको साबिक सिद्धिकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९२ कित्ता र त्यसबाहेक सङ्खुवासभाका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९१ कित्ता छुट्याइएको छ ।