वाणिज्य बैंकको स्मार्ट एससीटी, नेपाल तथा भारतमा सिधै कारोबार गर्न मिल्ने

३ फाल्गुन २०७९, बुधबार १३:२८

राष्ट्रिय वाणिज्य बैंकले अब स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)को यूपीआई डेबिट कार्ड जारी भएको छ । हालै यी दुई संस्थाबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरका छन्  । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्नसक्ने बताइएको छ ।

साथै एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, ई-कमर्सजस्ता सेवा लिन सक्नेछन्