सन्दीपको विषयमा संसदमा बिरोध, कुन नैतिकताले राष्ट्रको प्रतिनिधित्व गराइयो ?

३ फाल्गुन २०७९, बुधबार १२:५८

धरौटीमा रिहा भएका अभियुक्त लामिछानेलाई नेपाल क्रिकेट संघले राष्ट्रिय टीमबाट खेलाएको छ। सोहि बिषयलाई लिएर विरोध सुरु भएको छ । बालिका बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेलाइएकोमा संसद्‌मा विरोध गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बुधबार प्रतिनिधि सभा बैठकमा भनिन्, “बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व गराउन हाम्रो नैतिकताले कसरी दियो ?”

अभियुक्तलाई देशको प्रतिनिधित्व गराउँदा पीडितलाई मानसिक आघात पर्न सक्ने उनको भनाइ छ। “यस्तो प्रकरणले गर्दा पीडितलाई झनै ठूलो मानसिक अवसाद धकेल्ने जोखिम बढेको छ”, सांसद श्रेष्ठले भनिन्, “आरोप लागेका मान्छेले राष्ट्रको प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?”