माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सम्बोधन गर्न आउँदा सर्वसाधारणलाई सास्ती दिनेगरी काठमाडौंमा ट्राफिक जाम भएको सम्बन्धमा एक सांसदले सदनमा प्रधानमन्त्रीको जवाफ मागेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शुरुमै सभामुखसँग समय लिएर नेमकिपा सांसद प्रेम सुवालले राष्ट्रपतिको यात्रा सडक जाम नहुनेगरी गर्न नसकेको भन्दै गृहमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीलाई संसदमा जवाफ दिने व्यवस्था गर्न माग गरेका हुन्।
‘राष्ट्रपतिको भ्रमणमा शीतलनिवासदेखि बानेश्वर आउँदा भएको सवारी जामका कारण म आफै २ घण्टा फसेँ, राष्ट्रपतिको यात्रा सडक जाम नहुने गरी गृहमन्त्रीको जिम्मेवारी लिन प्रधानमन्त्रीले किन गर्न सक्नुभएन रु यसबारे प्रधानमन्त्रीलाई संसदमा बोल्न दिन जरुरी छ’, सांसद सुवालले भने ।
उनले फागुन १ को बिदाप्रति पनि आफु असहमत रहेको जनाउँदै प्रश्न गरे, ‘जनयुद्ध दिवसको उपलब्धि के हो ?’
