आईसीसी क्रिकेट विश्वकप लिग-2 अन्तर्गतको जारी त्रिकोणीय सिरिजमा आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै छ । काठमाडौँको किर्तिपुरस्थित टीयु क्रिकेट ग्राउण्डमा यो खेल विहान ९ बजेदेखि शुरु हुने छ ।
मंगलबार सम्पन्न खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ भने नामिबियाले हारबाट सिरिजको शुरुवात गरेको छ ।
