चुनावअघिको सत्तारुढ गठबन्धन फुटाउन सफल भए पनि ढुक्क हुन नसकिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
मंगलबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्दै उनले यो स्थिति फेरिन सक्ने संकेत गरेका छन् । ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउन सफल भएका छौं, यो सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रसन्न भएको देखिन्छ, प्रसन्न हुनुपर्छ तर कथं यो स्थिति फेरियो भने, संसदको बनावट अस्थिरताको कारक हुने बनावट छ’ उनले भने ।
संसदमा बहुमत कसैको नभएको र एमालेसँग बहुमत भन्दा निकै तल सिट रहेको ओलीले बताए । ‘अनेक प्रकारका भित्रका बाहिरका अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील छन्’ ओलीले भने, ‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ । एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ ।’
अनेक प्रकारका शक्ति षड्यन्त्रमा क्रियाशील रहेको भन्दै ओलीले स्थिरता हुन नदिने प्रयास भइरहेको बताए । राजनितिक
स्थिरता र स्थाइत्व हुननदिनेखालका प्रयासहरु भैरहेको उनले बताए ।
यस्तै नेकपा एमालले लिएको समृद्धि नेपाल सुखी नेपाली राष्ट्रिय आकांक्षा भएको र एमालेले तोकेको गन्तव्य कहिल्यै गल्त हुन नसक्ने ओलीले दावी गरे ।
