महाभियोग संसोधनमा सांसदहरूबीच सहमति, यस्तो हुदै ब्यबस्था

२ फाल्गुन २०७९, मंगलवार १४:०९

राज्यका संवैधानिक निकायका पदाधिकारीमाथि प्रतिनिधिसभाले लगाएको महाभियोग एउटा संसद्‍को कार्यकालमा नटुङ्गिए त्यसको दायित्व अर्को प्रतिनिधि सभामा सर्ने नियम बनाउनेबारे सांसदहरूबीच सहमति भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा महाभियोग लगाउने प्रतिनिधि सभाको समय सकिएर काम पूरा नभए त्यसले गरेको कामको दायित्व नयाँ निर्वाचित प्रतिनिधि सभामा सर्ने व्यवस्था गर्न लागिएको हो । कुनै पदाधिकारीमाथि महाभियोग लगाइसकेपछि प्रतिनिधि सभाको कार्यकाल ५ महिना भन्दा कम समय रहेको महाभियोगको बाँकी काम निर्वाचित भएर आउने प्रतिनिधि सभाले टुङ्गो लगाउने भन्ने नियम राख्न लागिएको हो ।

यसअघि ३ महिनाभित्र महाभियोग सिफारिस समितिले काम सक्नुपर्ने र महाभियोग दर्तापछि ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने नियम राख्न सहमति भएको थियो ।