राष्ट्रपति पदको तेस्रो विकल्पमा एकीकृत समाजवादी हुने: झलनाथ खनाल

२ फाल्गुन २०७९, मंगलवार १२:१९

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र नेकपा एमाले बाहिरबाट राष्ट्रपति बन्ने अवस्थामा आफ्नो दल विकल्प हुनसक्ने  विश्लेषण गरेका छन् । एमाले र कांग्रेस दुवैसँग बहुमत नरहेकाले विकल्पको रूपमा तेस्रो खोज्नुपर्ने अबस्थामा रहेको बताए।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने नेकपा माओवादी केन्द्रको प्रस्तावका कारण सत्ता गठबन्धनसँग बहुमत भए पनि अहिलेसम्म अन्योल कायम देखिन्छ।