सुनको भाउ आज सामान्य घट्यो

२ फाल्गुन २०७९, मंगलवार १२:०६

सुनको भाउ आज सामान्य घटेको छ । तोलामा आज दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।