विनाशकारी भूकम्प गएको एक सातापछि दक्षिणी टर्कीमा एउटा भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। मिरे नामकी ती बालिका भूकम्प गएको १७८ घण्टापछि भग्नावशेषमा फेला जीवितै परेकी छन्।
उनलाई अँध्यारोबाट बाहिर निकाल्दै गर्दा उद्धारकर्मीहरूले हर्षोल्लास गरिरहेको र ‘ईश्वर महान् छन्’ भनेर चिच्याइरहेका थिए । त्यस्तै सोमवार नै भग्नावशेषमा १८२ घण्टासम्म फसेका अर्का एक १३ वर्षीय बालकसहित केहीलाई जीवितै उद्धार गरिएको थियो।
हालसम्म मृतकको सङ्ख्या ३७,००० नाघेका बेला जीवितै उद्धार गर्ने कुरा भने आश्चर्यजनक छ।
