रास्वपा गृहमन्त्री पाए सरकारमा जाने संकेत

१ फाल्गुन २०७९, सोमबार १९:०४

राष्ट्रिय स्वतन्त्र पार्टीले  (रास्वपा) तत्काल सरकारमा नजाने कुरा प्रस्ट पारेको छ । सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।

बैठकमा सहभागी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार भए सरकारमा सहभागी हुन पनि सकिनेछ बताएका छन्  । तर, उक्त सहमति नहुँदा तत्काल रास्वपा सरकारमा सहभागी हुन नसक्ने प्रस्ट पारेका हुन् ।