नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको बताएका छन् । अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको उनको जिकिर छ ।
आइतवार गृहनगर झापाको दमकमा आएका ओलीले अनेक प्रकारका षडयन्त्र भइरहेको बताए । सो षडयन्त्रलाई चिर्दै आफु अघि बढ्ने शक्ति सरकारमा रहेकाले निराश नहुन आग्रह गरेका छ।
यो सरकारले जनभावनाअनुसार काम गरेर देशका समस्या समाधान गर्ने अध्यक्ष ओलीले प्रष्ट परेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, तटबन्धनलगायतका समस्या सामधान गर्दै कृषिको आधुनिकीकरण, रोजगार सिर्जनालगायतका विषयमा पनि आफ्नो ध्यान गएको बताए ।
यसैगरी आफ्नै निर्वाचन क्षेत्रको कटकपुर–खयरबारी चाँदु खोलाको पुल उद्घाटन र एक धार्मिक कार्यक्रममा सहभागी भएका एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताए ।
