सोमबार सेयर कारोबार बन्द हुने

२९ माघ २०७९, आईतवार १८:२८

सोमबार सेयर कारोबार बन्द हुने भएको छ। सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरे सँगै सोमबार नेप्से पनि बन्द हुने भएको हो ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।