एमालेकै उम्मेदवार राष्ट्रपति हुने मन्त्री लिङदेनको खुलासा

२९ माघ २०७९, आईतवार १७:१४

एमालेकै उम्मेदवार राष्ट्रपति हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेनले प्रष्ट पारेका छन ।

उपप्रधानमन्त्री लिङदेनले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिने क्रममा सत्ता साझेदारहरूको दलमा पूर्व सहमति भएको विषयमा कुनै विवाद नरहेको बताए । उनले विगतमा भएको सहमति भन्दा दायाँवायाँ केही नहुने पनि बताए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी छैन । यसअघि भएको सहमतिमा सत्ता साझेदार दलबीच विमत्ति भएका कारण बाहिर चलेका हल्लाहरू भ्रमपूर्ण छन ।’ आइतबारको बैठकमा सरकारका कामको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने विषयमा गम्भीर ढंगले छलभएको बताए ।