फागुन ८ देखि आईपीओ जारी गर्दै दोल्ती पावर

२९ माघ २०७९, आईतवार १२:४९

दोल्ती पावर कम्पनी लिमिटेडले आउँदो फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गर्दै छ।

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ लाख ९ हजार ४५८ कित्ता साधारण सेयरमध्ये स्वीकृत विवरणपत्रमार्फत जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ५ लाख ३६ हजार ४८६ कित्ता आईपीओ अतिआयोजना प्रभावित क्षेत्र दैलेखको नौमूले र कालिका गाविसका स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता तथ आयोजना प्रभावित नौमूले र कालिका गाविसकाबाहेक अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता बिक्री खुला गर्नेछ। स्थानीयले भने छिटोमा माघ २५ गते गतेसम्म आवेदन दिन पाउनेछन्

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको जारी पुँजीको २० प्रतिशतले हुन आउने सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता निष्कासन गर्नेछ।

स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले फागुन २५ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। स्थानीयले आयोजना रहेको कार्यालय दैलेखको नौमूले, एनआईसी एसिया बैंकको नयाँबजार शाखा, ग्लोबल आइएमई बैंकको देवकोटा चोक शाखा र प्रभु बैंकको देवेन्द्रचोक शाखाबाट आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।