अपर तामाकोशी हाइड्रोपावर ८२ करोड ४८ लाख घाटामा

२९ माघ २०७९, आईतवार ११:४५

राष्ट्रिय गौरवको अपर तामाकोशी हाइड्रोपावरको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानमा गएको छ ।

गत वर्ष यसै अवधिमा कम्पनी ३३ करोड ५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको वित्तीय खर्च बढ्दा कम्पनीको नोक्सानी अझै बढेको छ । कम्पनीको वित्तीय खर्च २ अर्ब २० करोड रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

यता, कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी भने ३ अर्ब ६४ करोड रुपैयाँबाट बढेर ४ अर्ब ९८ करोड रुपैयाँ भएको छ । यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि १ अर्ब ८७ करोडबाट बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ३ अर्ब ९८ करोड रुपैयाँ ऋणात्मक छ ।