कांग्रेस र माओवादीप्रति झलनाथ खनाल आक्रोशित

२८ माघ २०७९, शनिबार १८:३१

अहिलेको अवस्थामा आफ्नो पार्टी कोही कसैसङ एकता गरी हाल्ने पक्षमा नरहेको नेकपाका एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले बताएका छन् ।

नेता खनालले शनिवार इटहरीको दुर्गा पार्टी प्यालेसमा पार्टीको प्रदेश कमिटी अन्तरगत गठित मोर्चा सङठनद्वारा आयोजित एक दिने प्रशिक्षण तथा प्रदेश १४ वटै जिल्लाका पार्टी इन्चार्ज तथा अध्यक्ष ,मोर्चा सङठनमा आबद्ध सबै तहका इन्चार्ज तथा अध्यक्ष लगायत सयौँ नेता कार्यकर्ताको सहभागिता रहेको भेलामा देशको वर्तमान राजनीतिक स्थिती र अन्तर्राष्ट्र परिस्थितिको बारेमा उल्लेख गर्दै वर्तमान सरकार देश र जनता प्रति उत्तरदायी नभएको बताए ।

दुई तिहाइको बाम सरकार हुँदा गर्न सक्ने थुप्रै काम बर्बाद पार्ने खडग प्रसाद ओली नामका मान्छे हुन भन्दै राजनीतिमा एमाले पार्टी दक्षिण पन्थी अवसरवादको एजेन्ट भएको आरोप समेत लगाए ।

काङ्ग्रेस र माओवादी सत्ता लिप्सामा मरिहत्ते गर्ने सिद्धान्त भ्रष्ट हुन भन्दै विदेशीको इसारामा नाच्दै सत्ता सुविधा पडकाउने दाउमा रहेकाले राजनीतिक गद्दारी गरेको बताउँदै स्थानीय र सङ्गको चुनावमा गठबन्धन गर्दा नेकपा एसलाइ धोका दिने कांग्रेस र माओवादीप्रति तीव्र असन्तुष्टि जनाए ।

जति बेला जहाँ खान पाइन्छ त्यही जाने र लुट मच्चाउने प्रवृत्ति हाबी हुनेहरू भन्दा नेकपा एस छुट्टै र सिद्धान्तनिष्ठ पार्टी हो भन्नू भयो। समाजको यात्रामा आफ्नो पार्टी अडिग रहँदै तमाम कार्यकर्ताले सङठन मजबुत पार्नु पर्ने, दक्षिण पन्थी अवसरवादीको भ्रम चिर्नु पर्ने , पार्टीहरूको भन्डाफोर गर्दै युवा,विद्यार्थी,महिला,दलित,किसान,कर्मचारी सबै तह तप्काले व्यापक सङठन बनाएर कम्युनिस्ट पार्टीमा सच्चा पार्टी आफ्नो भएको स्थिति निर्माण गर्न भूमिका खेल्नु जरुरी रहेको बताए ।

पार्टी प्रदेश सदस्य खगेन्द्र ओलीले सञ्चालन र प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले पार्टीको केन्द्रीय नीति र प्रदेश स्तरमा गर्नु पर्ने तत्कालीन र दीर्घकालीन कामको बारेमा जानकारी दिए ।