दक्षिण टर्कीमा भूकम्प गएको ९० घण्टापश्चात् एक नवजात शिशु र उनकी आमाको उद्धार गरिएको छ। हाटाई प्रान्तमा यागीज नाम गरेका १० दिनका शिशुलाई भग्नावशेषबाट उद्धार गरिएको हो। आमाछोराको स्वास्थ्य अवस्थाबारे थप विवरण प्राप्त हुन सकेको छैन।
सोमवार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रवार अपराह्नसम्म २१,००० नाघेको छ। उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको १०० घण्टा पुग्न लाग्दा थप जीवित मानिस भेटिने सम्भावना क्षीण हुँदै गएको छ।
