केन्द्र सरकार जोगिने नजोगिनेबारे ओलीले दिए यस्तो जवाफ

२७ माघ २०७९, शुक्रबार १७:१२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्र सरकार जोगिने नजोगिनेबारे हेर्दै जानुपर्ने बताएका छन् ।

शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रदेश सरकार जोगाउन नसकेको अवस्थामा केन्द्र सरकार के हुन्छ ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले भने,‘हेर्दै जाऔँ ।’

बिहीबार मात्रै एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा विश्वासको मत नपाएपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको छ ।राष्ट्रपतिका बारेमा एमालेले जसलाई अघि सार्छ उही राष्ट्रपति बन्ने पनि ओलीको भनाइ छ ।