देशको आर्थिक अवस्थाप्रति राष्ट्रपतिको चिन्ता व्यक्त गर्दै भनिन् यस्तो

२७ माघ २०७९, शुक्रबार १६:५९

देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

उनले देशको राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब देशको विकास, समृद्धि र जनताको खुसीका लागि काम गर्नुपर्नेमा शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै जोड दिएकी छन् ।

देशको राजनीतिले गति र लय समातिसकेको भन्दै उनले देशेको विकास र समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिइन् । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको क्रममा देशको राजनीतिले स्थायित्व पाएको बताउँदै राष्ट्रपति भण्डारीले संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका बताइन् ।

यस्तै राष्ट्रपति भण्डारीले स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने राज्यका सबै अंगहरु परिचालित हुनुपर्ने बताउँदै देशको आर्थिक अवस्था जटिल रहेकोप्रति चिन्ता समेत व्यक्त गरिन् ।