भारतले एसएसएलभी-डी २ नामक नयाँ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्ने भारतीय संस्था, इसरोले स्मल स्याटेलाइट लन्च भेहिकल नामक याे रकेटलाई शुक्रबार अन्तरिक्षमा पठाएको हो।
यस रकेटमार्फत तीनवटा उपग्रहहरूलाई अन्तरिक्षमा पुराइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। ३४ मिटर अग्लो रकेट आज बिहान आन्ध्र प्रदेशस्थित बङ्गालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो।
