क्यालिफोर्नियाले गत वर्षकाे खडेरीमा ३६ मिलियन रूखहरू गुमायो

२७ माघ २०७९, शुक्रबार १५:२१

चरम खडेरी र तातो मौसमका कारण गत वर्ष क्यालिफोर्नियाको जंगलमा लाखौं रूखहरू मरेका थिए। अमेरिकी वन सेवाको नयाँ रिपोर्ट अनुसार, जुलाई २०२२ देखि अक्टोबर २०२२ सम्म गरिएको हवाई सर्वेक्षणले क्यालिफोर्नियाभरि ३९.६ मिलियन (६१,००० वर्ग माइल) भन्दा बढी क्षेत्रफलमा रहेका रूखहरुको सर्वेक्षण गरेको थियो।

जसमा U.S वन सेवाले लगभग २.६ मिलियन  (३१०० वर्ग माइल) भन्दा बढी क्षेत्रफलमा मृत रूखहरू फेला पारेकाे थियाे।  वन सेवाको तथांकमा करिब ३६.३ मिलियन  रूखहरू सुकेका  (मरेका) छन्।