त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर पदमुक्त

२७ माघ २०७९, शुक्रबार १४:०६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको आशंकामा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बन गरेको हो।

ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएपछि त्यसबारे जाँचबुझ गर्न पदबाट निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिएका छन् ।