कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाउन परिपत्र जारी गरेको छ ।
बिहीबार केन्द्रले मातहतका निकायमा परिपत्र जारी गरेको हो । पत्रअनुसार काँकडभिट्टा, भण्टाबारी, विराटनगर, मलगंवा, जलेश्वर, वीरगञ्ज, तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, गड्डाचौकी, लोमान्थाङ, बैतडी नाकाबाट गुलाबको फूल आयात प्रतिबन्ध गर्न अनुमति पत्र जारी भनिएको छ ।
