नेपाली चलचित्रमा भारतीय कलाकार ब्रह्मानन्दम् र अली

२६ माघ २०७९, बिहीबार २०:१७

भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको ‘ह्रस्वदीर्घ’ मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम् र अली देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अलि राजस्थानी ‘लुक्स’मा देखिएका छन् । चलचित्र ह्रस्वदीर्घमा अभिनय गर्ने विश्वप्रसिद्ध हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक छन् ।

भारतको तामिल र तेलुगु चलचित्रमार्फत नेपालमा समेत यी दुईको प्रसंशक राम्रै छन् । सँगै रहेका अभिनेता रवीन्द्र झा पण्डितको वेशभूषामा प्रस्तुत छन् । अभिनेत्री नीता ढुङ्गाना निर्मात्री रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् । “बाह्र दिनसम्म रामोजी स्टुडियोमै छायाङ्कन हुनेछ । त्यसपछि आग्रास्थित ताजमहल र नेपालमा छायाङ्कन गर्ने तयारी गरेका छौँ”, निर्मात्री ढुङ्गानाले भनिन्।

युवापुस्ताको प्रेमलाई विम्ब बनाएर कथा तयार गरिएको चलचित्रमा नेपाली कलाकार सरोज खनाल, विपना थापा, हरिहर अधिकारी, आयुश मिश्रालगायतको अभिनय रहने छ ।