के तपाई प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ ? यी कुरा जान्नुहोस

२५ माघ २०७९, बुधबार १८:००

आफूलाई मनपर्ने मानिसलाई घुँडा टेकेर प्रेम प्रस्ताव राख्ने गरिन्छ । यद्यपि, किन घुँडा टेकेरै प्रेमीहरुले आफ्ना प्रेमिकालाई प्रेम प्रस्ताव राख्छन् भन्ने कुरा तपाईँ थाहा छ ?

प्राचिनकालदेखि नै नै घुँडा टेकेर प्रेम प्रस्ताव राखिन्छ । घुँडा टेकेर प्रस्ताव राख्नु नाइटहुडको समय अर्थात मध्यकालदेखि नै चलिआएको एउटा परम्परा हो । उक्त समयमा विवाह र धर्म एक–अर्कासंग अति नै सम्बन्धित हुन्थ्यो ।

यही कारणले गर्दा जसरी सिपाहीले आफ्नो भगवानको अगाडि सम्मान, इमान्दारी देखाउनका लागि घुँडा टेक्थे, ठिक त्यसरी नै पुरुषले महिलालाई घुँडा टेकेर विवाहको प्रस्ताव राख्नु पर्दथ्यो ।

घुँडा टेकेर प्रस्ताव राख्नुको अर्थ

घुँडा टेकेर प्रस्ताव राख्नुको अर्थ प्रार्थना, समर्पण, आदर र सम्मानसंग जोडिएको कुरा हो । यदि कुनै व्यक्ति तपाईँको अगाडि घुँडा टेकेर प्रस्ताव गर्छ भने यसले केवल प्रेममात्र नभएर तपाईँको महत्व पनि दर्शाउँछ ।

संस्कृतिसंगै परिवर्तन हुन्छ प्रस्ताव राख्ने तरिका

पार्टनरलाई प्रस्ताव राख्ने तरिका हरेक ठाउँमा भिन्दा–भिन्दै हुन सक्छ । जस्तै युनाइटेड अरब इमिरेट्स (युएई) मा महिलालाई प्रस्ताव राख्नु अगाडि पुरुषले आफ्नी आमासंग कुरा गर्नु पर्ने हुन्छ । त्यस्तै, आयरल्याण्डमा प्रस्ताव राख्नका लागि विशेष प्रकारको औँठी लगाइदिने चलन रहेको छ ।

प्रस्ताव गर्दा ध्यान दिनु पर्ने कुरा

सहि शब्दको चयन तथा भावना कसैलाई प्रेम प्रस्ताव राख्दा सबैभन्दा आवश्यक पर्ने कुरा हो । कतिपय मानिसले लाखौँ खर्च गरेर पार्टनरलाई महंगा ठाउँमा लगेर प्रस्ताव गर्छन् भने कोहि आफ्नो कोठामै संगै बिताएका सम्झनाहरुलाई सजाएर आफ्नो मनको कुरा पार्टनरसंग भन्न मन पराउँछन् ।