अपराध अनुसन्धान कार्यालयले स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ ।
लमजुङ घर भई काठमाडौंको सुकेधारामा बस्ने मधुमाया थापा पक्राउ परेकी हुन् । मधुमायाले स्लोभाकिया पठाउँछु भनेर ८ लाख ५० हजार ठगेको आरोप छ । पीडित लक्ष्मण शाही समेतलाई स्लोभाकियामा कृषि र फुड प्याकिङ कम्पनीमा काम लगाइदिन्छु भनेर रकम लिएर उनि सम्पर्कबिहिन भएकी थिइन् ।
आरोपीलाई पक्राउ गरेर बैदेशिक रोजगार विभागमा बुझाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।
