शिखर इन्स्योरेन्सको लाभांश सहित यी प्रस्ताव पारित हुने

२५ माघ २०७९, बुधबार ०६:४१

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईवटा आर्थिक बर्षको बार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १७ औँ र १८ औँ वार्षिक साधारण सभा आज माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजेदेखि सुरू हुने  बताइएको  छ ।

सभाले कम्पनीको मंसिर २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।