फागुन १ देखि रक्षामन्त्री भारत भ्रमणमा जाने

२४ माघ २०७९, मंगलवार १७:१२

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन्।

उनी फागुन १ देखि ५ सम्म भारत भ्रमण गर्ने भएका हुन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।