काठमाडौँ महानगरले हटायो मैतीदेवीको प्रहरी बिट

२४ माघ २०७९, मंगलवार १४:४७

काठमाडौँ महानगरपालिकाले मैतीदेवी चोकस्थित रहेको प्रहरी बिट हटाएको छ। मंगलबार दिउँसो महानगरपालिकाले उक्त प्रहरी बिटमा डोजर चलाएको हो।

प्रहरी बिट भत्काउन पुगेको जानकारी पापछि प्रहरीले बिटमा रहेका सामान सारेको थियो। मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो।

महानगर प्रहरीका एसपी दिनेश कुमार अर्यालका अनुसार प्रहरी बिट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी बिट हटाउन लागिएको हो। उनी भन्छन्, ‘प्रहरी बिटलाई अन्यत्र व्यवस्थापन गर्ने सहमति भए अनुसार नै हामीले मैतीदेवीस्थित प्रहरी बिट हटाएका हौँ।’